• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

उपत्यकाका खोला किनार मापदण्डविरुद्ध माइतीघरमा आजपनि प्रदर्शन

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार १२:५८

२४ पुस,२०८२ काठमाडौं – काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज माइतीघरमा पुन: प्रदर्शन भएको छ । सर्वोच्च अदालतले हाल कायम २० मिटरको सिमा बाहिर थप २० मिटर छाड्नुपर्ने फैसला गरेपछि सरोकारवालाहरूले पुन: प्रदर्शन गरेका हुन् । यसअघि पनि उनीहरूले निर्णय पुनरावलोकनको माग गर्दै पटक-पटक प्रदर्शन गरिसकेका छन् ।

National Life

सरोकार समितिले उक्त फैसला गर्ने न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको छ ।

फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तत्कालीन कानून सचिव फणीन्द्र गौतमले रिट मार्फत फैसला पुनरावलोकनको निवेदन दिएका थिए र आज त्यसको सुनुवाइका लागि पेसी तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया