रास्वपाको केन्द्रीय सदस्य टुंग्याउन कुलमान नेतृत्वको उज्यालो नेपालमा सहमति जुटेन
प्रकाशित मिति
२०८२ पुष २४ गते, बिहीबार ११:०४
२४ पुस,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य चयनका विषयमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालभित्र आन्तरिक सहमति जुट्न सकेको छैन । कसलाई केन्द्रीय सदस्य बनाएर पठाउने भन्ने विषयमा मत नमिल्दा प्रक्रिया ढिलाइ भएको हो ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच उपसभापतिको वरीयता पाउने गरी सहमति भएको थियो । सोही सहमतिअनुसार कुलमान नेतृत्वको उज्यालो नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिह्नमार्फत सहभागी हुने सहमति भएको थियो ।
कुलमान निकट एक नेताका अनुसार केन्द्रीय सदस्यको टुंगो लगाउन अझै केही समय लाग्नेछ । कुलमान घिसिङले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाइसकेका छन् । प्रारम्भिक चरणमा २१ जना केन्द्रीय सदस्य पठाउने तयारी भइरहेको र छिट्टै रास्वपासँग बृहत् एकता सभा तथा चुनावी सभा आयोजना गरिने ती नेताले जानकारी दिए ।








प्रतिकृया