• १५ असोज २०८३, बिहीबार
  • २ः३७ राती

विवाद चुलिँदै जाँदा कांग्रेसको विशेष महाधिवेशन आह्वान

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०२:५९

२३ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो।

National Life

विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा आफूहरूको मागअनुसार विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको दाबी गरिएको छ।

विधानको मर्म र भावनालाई सम्मान गर्दै पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति–सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ। साथै महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको र तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी पनि पत्रकार सम्मेलनमार्फत दिइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ।

प्रतिकृया