• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

कांग्रेस र एमालेसँग तालमेल नमिलेपछि प्रचण्ड–माधवले एकल उम्मेदवारको टिकट बाँड्न थाले

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार १२:२७

२३ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रियसभामा चुनावी तालमेल नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनका लागि १८ सिटमा एकल उम्मेदवार दिने निर्णय गरेको छ।

National Life

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीभित्र टिकट वितरण प्रक्रिया सुरु गरिसकेका छन्। नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ भने अन्य प्रदेशका उम्मेदवार छनोट प्रक्रियामा प्रचण्ड–माधव सक्रिय छन्।

नेकपाले ३ सिटमा चित्त नबुझाएपछि बाँकी सिटहरूमा कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनाइएका छन्। यस निर्णयसँगै राष्ट्रियसभा निर्वाचनको राजनीतिक परिस्थिति अझै स्पष्ट हुन सुरु भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया