• २० असोज २०८३, मंगलबार
  • १ः४१ राती

आज यी कम्पनी झुम्मिदै लगानीकर्ता

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०३:२०

२२ पुस,२०८२ काठमाडौं –  साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा कायम भएको छ।

National Life

बजार बढेसँगै आज विभिन्न क्षेत्रका १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यसमध्ये एसवाई प्यानलको मात्रै २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ, शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँ र बन्दीपुर केवलकारको २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया