• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

एमाले नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल, ईश्वर पोखरेल हटाइए

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०३:०९

२२ पुस,२०८२ काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकले पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेललाई हटाउँदै विष्णु रिमाललाई जिम्मेवारी दिएको छ। मंगलबार बसेको बैठकले पार्टीभित्र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

National Life

पोखरेलले गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए भने रिमाल उपमहासचिव पदमा पराजित भएका थिए। बैठकमा अध्यक्ष ओलीले नयाँ नेतृत्व आएपछि पार्टीका निकायहरूको नेतृत्व पनि हेरफेर गर्नुपर्ने भन्दै रिमाललाई जिम्मेवारी दिन उपयुक्त हुने धारणा राखेका थिए।

यद्यपि उपमहासचिव योगेश भट्टराईले पोखरेललाई प्रतिष्ठानबाट हटाउनु उपयुक्त नहुने बताएका थिए। उनले महाधिवेशनको प्रतिस्पर्धाका आधारमा जिम्मेवारी नदिनु गलत सन्देश जाने तर्क गरेका थिए। जवाफमा अध्यक्ष ओलीले महाधिवेशनमा पराजित भएकालाई समेत जिम्मेवारी दिनु आवश्यक रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

यसै बैठकमा अध्यक्ष ओलीले देशभर एकैपटक निर्वाचन नहुन सक्ने संकेत गर्दै पार्टीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

प्रतिकृया