• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

प्रधानमन्त्री कार्कीले चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिन आग्रह

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०१:२९

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा संलग्न र चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन्।

National Life

सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गतिविधिमा लागेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई सहयोग गर्न सुझाव दिएकी हुन्। बैठकमा सहभागी एक मन्त्रीका अनुसार, “सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन प्रधानमन्त्रीले अनुरोध गरेकी थिइन्।”

हाल, ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न रहेका छन् भने सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राख्दै केही दलगत समूहसँग अपनत्व देखाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया