• २० असोज २०८३, मंगलबार
  • १ः४१ राती

भदौ २३ र २४ गतेको आन्दोलनबारे ओलीले आयोगलाई दिए यस्तो जवाफ

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ११:३२

२२ पुस,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा आन्दोलन शान्तिपूर्ण राख्न प्रयास गरिएको तर सेना परिचालन सम्भव नहुने उल्लेख गरेका छन्।

National Life

ओलीले बयानमा २२ भदौको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको बताए। उनले भने, “अराजक समूहले आन्दोलनमा घुसपैठ गरेको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरेका छन्।”

उनले २३ भदौमा तोडफोड र गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको पनि उल्लेख गरे। साथै, आयोग प्रमुख गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेकोले निष्पक्ष प्रतिवेदनको आशंका रहेको पनि ओलीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले ओलीको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय सोमबार फुकुवा गरेको छ। ओलीले आयोगलाई लिखित बयान आइतबार पठाएका थिए।

प्रतिकृया