• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

एसवाई प्यानलको शेयर मूल्यले निरन्तर उकालो यात्रा

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ११:५५

२२ पुस,२०८२ काठमाडौं – पछिल्लो समय शेयर बजारमा देखिएको हरियालीसँगै एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यले निरन्तर वृद्धि गरेको छ। नेप्सेमा सूचीकरणपछि प्रारम्भिक दुई दिन सीमित करेक्सन देखिए पनि पछिल्ला कारोबारमा शेयर मूल्य तीव्र गतिमा बढिरहेको छ।

National Life

शेयर सूचीकरणको शुरुवाती चरणमा बजार मनोविज्ञान नकारात्मक हुँदा केही लगानीकर्ताले छोटो अवधिको नाफा सुरक्षित गर्न बिक्री गरेका थिए। तर, समग्र बजार सुधारतर्फ उन्मुख भएपछि एसवाई प्यानलको शेयर मूल्य उच्च स्तरमा पुगेको छ।

मंगलबारको कारोबारमा बिक्री प्रयास भए पनि मूल्य वृद्धिलाई रोक्न सकेन। आइपीओ मार्फत शेयर पाएका लगानीकर्ताबाहेक दोस्रो बजारबाट खरिद गरेका कतिपय लगानीकर्ताहरूले पनि नाफा बुकिङ गरेका छन्। बजारमा मजबूत मागका कारण बिक्री दबाबका बाबजुद शेयर मूल्य उल्लेख्य रूपमा बढेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया