• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

पूर्वसांसद बृजेश कुमार गुप्ताद्वारा एमाले परित्याग

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार १०:३२

२२ पुस,२०८२ काठमाडौं – नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन्।

National Life

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले युवा–विद्यार्थीका जायज मागलाई बेवास्ता गर्दै दमन गरेको, दुई ठूला दलको दम्भ देखिएको र एमाले नेतृत्व सुध्रिने संकेत नदेखिएपछि पार्टी छाडेको गुप्ताले बताएका छन्।

पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले पार्टी नेतृत्वको ध्यान भ्रष्टाचार संरक्षणतर्फ केन्द्रित भएको आरोप लगाउँदै सुशासन दिन नसकेको कारण राजीनामा दिनुपरेको बताए। भारतमै रहेका बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि सहभागी नभएको उनले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग परामर्श गरिरहेको गुप्ताको भनाइ छ। इन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा सक्रिय गुप्ता विभिन्न दल हुँदै दुईपटक एमालेबाट सांसद निर्वाचित भएका थिए।

प्रतिकृया