• १२ असोज २०८३, सोमबार
  • ११ः२२ राती

आज सुनको मूल्यमा तीव्र वृद्धि, चाँदी पनि महँगियो

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ११:०८

२१ पुस,२०८२ काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो ।

National Life

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले वृद्धि भई ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया