• २० असोज २०८३, मंगलबार
  • १२ः५४ राती

लौकही बजार तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार १२:१८

सुनसरी । सशस्त्र प्रहरीले गोली चलाउँदा अटो रिक्सा चालक विजय साहको मृत्यु भएपछि लौकही बजार तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोड गरेका थिए।

National Life

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरिएको हो। डीआईजी घिमिरेले भने, “अहिले अवस्था सामान्य बन्दै गएको छ।”

घटना बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको थियो। साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लिएर आउँदै थिए र घर नजिकै दुई राउण्ड गोली लागेर मृत्यु भएको थियो। अहिले सीडीओ कार्यालयमा वार्ताको तयारी भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया