• १९ असोज २०८३, सोमबार
  • ११ः४१ राती

शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार १०:५५

१४ पुस,२०८२ काठमाडौं — शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटी बुझाउने सर्तमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उनी रिहा हुनेछन्।

National Life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको सिफारिसमा विभिन्न कम्पनीको सेयरमा भित्री कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा अग्रवालले झुटो कारोबारमार्फत सेयरको मूल्य प्रभावित पारेको अभियोग लगाइएको छ। धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरेपछि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) विपरीत भ्रामक विवरण सार्वजनिक गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त भ्रामक सूचना प्रवाह गरी उच्च मूल्यमा सेयर बिक्री गर्दै अग्रवालले करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिकृया