• २० असोज २०८३, मंगलबार
  • २ः५२ राती

एमाले सचिवालय बैठक: नेताहरूको वरीयता तय, उपाध्यक्ष–महासचिव कसले पाउने ?

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०३:५८

१३ पुस,२०८२ काठमाडौं — नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता सूची करिब तय गरेको छ। आइतबार बसेको पहिलो सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरीयतालाई स्पष्ट पारेका छन्। उपाध्यक्षतर्फ रामबहादुर थापा बादल दोस्रो वरीयतामा रहे भने विष्णुप्रसाद पौडेल तेस्रो, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्त छैटौँ वरीयतामा रहेका छन्।

National Life

महासचिव शंकर पोखरेललाई अध्यक्षपछिको कार्यकारी पदका रूपमा वरीयता दिइएको छ। उपमहासचिवतर्फ लेखराज भट्ट पहिलो वरीयतामा रहँदा, रघुवीर महासेठ र योगेश भट्टराई दोस्रो र तेस्रो वरीयतामा रहेका छन्।

सचिवतर्फ छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा रहेका छन्। त्यसपछि भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतको वरीयता पनि क्रमबद्ध गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सचिवालय बैठकले अध्यक्षको निर्णय अनुसार आगामी कार्ययोजना र पार्टीको आन्तरिक कार्यविभाजनलाई प्रभावकारी ढंगले अघि बढाउने तयारी गरेको एमाले नेताहरूले बताएका छन्।

प्रतिकृया