• १ असोज २०८३, बिहीबार
  • १२ः२५ दिउँसो

आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

प्रकाशित मिति

२०८२ पुष १२ गते, शनिबार ०९:०७

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणका अनुसार पानीपोखरी र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

National Life

लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रसँगै राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासमा बिजुली कटौती हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत कार्य सम्पन्न भइसकेका केबल जोड्ने प्रयोजनका लागि कटौती गर्न लागिएको हो। काम तोकिएको समयअगावै सकिएमा समयअघि नै बिजुली सुचारु हुने प्राधिकरणले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया