• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ११:५६

९ पुस,२०८२ काठमाडौं— नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ (साधारण शेयर निष्काशन) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन बोर्डको पाइपलाइनमा समावेश भएको छ।

National Life

नगरकोट रिसोर्टले १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि जारी गर्नेछ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुनेछ। साधारण शेयर निष्काशनको कार्य धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत गरिनेछ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आएको छ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ अवसर थपिएको छ। पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेपछि यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति र निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अघि बढ्नेछ।

प्रतिकृया