तत्कालीन गृहसचिव, आईजीपी र सीडीओको स्थानहद फुकुवा, के अनुसन्धान सकियो त ?
प्रकाशित मिति
२०८२ पुष ८ गते, मंगलवार ०५:२५
८ पुस,२०८२ काठमाडौं— जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ। आयोगका उपसचिव कमलप्रसाद पाण्डेले मंगलबार पठाएको पत्रमार्फत उनीहरूको स्थानहद फुकुवा गरिएको जानकारी गराइएको हो।
पत्रमा उनीहरूलाई विदेश भ्रमण गर्न समेत अनुमति दिइएको उल्लेख छ। आयोगका अनुसार सम्बन्धित सबैको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको हो। यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान पूरा भएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्नुपर्ने भन्दै जाँचबुझ आयोगले ती अधिकारीहरूलाई स्थानहद तोकेको थियो।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया