• २० असोज २०८३, मंगलबार
  • ४ः४१ बिहान

संसद् पुनर्स्थापनाको षड्यन्त्र नगर्न रवि लामिछानेको चेतावनी

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०४:२३

६ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थली पुगेका लामिछानेले षड्यन्त्रको आँखा बन्द गर्न चेतावनी दिएका हुन्।

National Life

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?’ भन्दै उनले प्रश्न गरे। उनले षड्यन्त्रपूर्ण गतिविधि नगर्न र अनावश्यक चलखेल नगर्न आग्रह गरे।

लामिछानेले भत्किएको सिंहदरबार केवल निर्माण गरेर मात्र नपुग्ने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए। ‘भत्किएका संरचना बनाउने मात्रै होइन, बदल्ने पनि छ,’ उनले भने, ‘जेनजीले गरेको योगदानलाई सार्थक बनाउन हामी सबै लाग्नुपर्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया