माइतीघरमा जेनजी अभियन्ता मिराज ढुंगाना समूहको आन्दोलनमा प्रहरी हस्तक्षेप
प्रकाशित मिति
२०८२ पुष ७ गते, सोमबार १२:३०
७ पुस,२०८२ काठमाडौं— जेनजी अभियन्ता मिराज ढुंगाना समूहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रशासनिक अनुमति नलिई प्रदर्शन सुरु गरिएको भन्दै प्रहरीले काठमाडौंको माइतीघर मण्डलामा हस्तक्षेप गरेको हो ।
प्रहरीको हस्तक्षेपपछि आन्दोलनमा सहभागी डा. निकोलस भुसालसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यसअघि आन्दोलनका लागि युवाहरू जम्मा हुन थालेपछि प्रहरीले अनुमति नलिई कार्यक्रम गर्न नपाइने भन्दै माइकिङमार्फत जानकारी गराएको थियो ।
ढुंगाना समूहले आज माइतीघरमा १० बुँदे मागसहित आन्दोलन सुरु गरेको थियो । प्रदर्शनकारी युवाहरूले नाराबाजी गर्दै पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको राजीनामा माग गरेका छन् । साथै, जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गर्नेहरूमाथि कारबाहीको माग पनि उनीहरूले उठाएका छन् ।
माइतीघर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको छ । हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।








प्रतिकृया