• २० असोज २०८३, मंगलबार
  • ३ः५९ राती

रिहाइपछि रवि लामिछाने पुनः पार्टी गतिविधिमा सक्रिय, आज केन्द्रीय समिति बैठक

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०४:०२

६ पुस,२०८२ काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका छन्। शुक्रबार रिहा भएका लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

National Life

केन्द्रीय समिति बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठकअघि दिउँसो ३ बजे पार्टी नेता–कार्यकर्ताले सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ। बैठकमा सभापति लामिछानेले सम्बोधन गर्नेछन्।

रिहाइपछि शनिबार लामिछानेले चितवनमा आयोजित सभा सम्बोधन गरी काठमाडौं फर्किएका थिए। त्यसपछि उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारसँग भेट गरेका छन्। सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्याल कार्यवाहक सभापति थिए। लामिछाने रिहा भएसँगै पार्टीले उनी पूर्ववत् रूपमा पार्टी गतिविधिमा सक्रिय हुने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया