सर्वपक्षीय सरकारको मागसहित जेनजी समूहको देशव्यापी आन्दोलन घोषणा
प्रकाशित मिति
२०८२ पुष ६ गते, आईतवार ०३:०६
६ पुस,२०८२ काठमाडौं— जेनजी मिराज ढुङ्गाना समूहले वर्तमान सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो।
समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलन कुनै दल विशेषविरुद्ध नभई समग्र राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्ने उद्देश्यले गरिएको बताए। आन्दोलनको पहिलो कार्यक्रमका रूपमा सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन उनले आम नागरिकलाई आह्वान गरेका छन्।
ढुङ्गानाले जेनजी आन्दोलनप्रति राज्य र राजनीतिक नेतृत्वबाट विश्वासघात भएको आरोप लगाउँदै वर्तमान सरकार प्रभावकारी रूपमा काम गर्न नसकेको दाबी गरे। साथै, सुशीला कार्की नेतृत्वको सरकार व्यवहारतः असफल भइसकेकाले अब सर्वपक्षीय सरकार आवश्यक भइसकेको उनको भनाइ छ








प्रतिकृया