• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार १०:१८

६ पुस,२०८२ काठमाडौं— सूचीकृत पाँच वटा कम्पनीले घोषणा गरेका लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएका छन्।

National Life

कम्पनीहरूले बुक क्लोज गर्न लागेकाले पुस ६ गतेसम्म सेयर कायम भएका लगानीकर्ता मात्रै लाभांश तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले पुस २१ गते काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा २४ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बैंकले ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने जनाएको छ। साथै बैंकको संरचना र दीर्घकालीन व्यवस्थापनसम्बन्धी अन्य प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

सिनर्जी हाइड्रो इनर्जी लिमिटेड
सिनर्जी हाइड्रो इनर्जीले पुस २१ गते धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदनका लागि पेश गर्नेछ।

नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते वीरगञ्जको होटल भिष्वामा २६ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र करसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराउने तयारी गरेको छ। साथै सञ्चालक समिति तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी विषय पनि कार्यसूचीमा छन्।

नेपाल हाइड्रो डेभलोपर लिमिटेड
नेपाल हाइड्रो डेभलोपरले पुस २३ गते काठमाडौँको अम्रपाली बैंक्वेटमा १९ औँ वार्षिक साधारण सभा गर्नेछ। कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ।

तारागाउँ रिजेन्सी होटल्स
तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते काठमाडौँको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा २९ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। होटलले करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने जनाएको छ।

प्रतिकृया