• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

नेप्से १२.७४ अंकले घट्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०३:१६

३ पुस,२०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार १२.७४ अंकले घटेर २६१२.९५ बिन्दुमा कायम भएको छ। यसदिन ३२९ कम्पनीको १ करोड ११ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४९ करोड २९ लाख ८५ हजार रुपैयाँ पुगेको छ।

National Life

बजार घट्दा १० वटै उपसूचक राताम्य बनेका छन्। कारोबार भएका कम्पनीहरूमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ। बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बजारमा लगानीकर्ताको सतर्कता बढेसँगै नेप्से परिसूचक ओरालो लागेको विश्लेषकहरू बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया