• २० असोज २०८३, मंगलबार
  • ५ः३३ बिहान

एमाले महाधिवेशन : विजयी पदाधिकारीले कति पाए मत ? (सूचीसहित)

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०३:११

३ पुस,२०८२ काठमाडौं—  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्।

National Life

निर्वाचन आयोगका अनुसार कुल १९ पदाधिकारीमध्ये दुई पदबाहेक सबैमा ओली पक्षका उम्मेदवार विजयी भएका छन्। कुल २ हजार २२७ मत खसेको निर्वाचनमा अध्यक्ष पदमा ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत ल्याएका छन्।

महासचिव पदमा शंकर पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै विजयी भए भने सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

अन्य पदाधिकारीको मतपरिणाम यसप्रकार छः

उपाध्यक्ष
पृथ्वी सुव्वा गुरुङ (१,७३७), विष्णु प्रसाद पौडेल (१,६७५), रामबहादुर थापा ‘बादल’ (१,५१६), गोकर्णराज विष्ट (१,३६८) र रघुजी पन्त (१,२५८) विजयी भए।

उपमहासचिव
लेखराज भट्ट (१,४५२), रघुवीर महासेठ (१,३६८) र योगेश भट्टराई (१,३४८) निर्वाचित भए।

सचिव
महेश बस्नेत (१,५३४), पद्मा कुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मत कुमार कार्की (१,३३७), खगराज अधिकारी (१,३३१), यमलाल कडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) सचिवमा विजयी भएका छन्।

निर्वाचन आयोगले सबै पदाधिकारीको नतिजा औपचारिक रूपमा सार्वजनिक गरिसकेको जनाएको छ।

प्रतिकृया