• २० असोज २०८३, मंगलबार
  • ४ः०० बिहान

एमाले महाधिवेशन : ओली प्यानलका दुई उम्मेदवार पराजित

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०२:५४

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन्। ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु प्रसाद बराल र उपमहासचिवमा उम्मेदवार बनेका विष्णु प्रसाद रिमाल पराजित भएका हुन्।

National Life

उपाध्यक्ष पदमा पृथ्वी सुव्वा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्। उपाध्यक्षमा गुरु प्रसाद बरालले १ हजार १३७ मत ल्याए पनि विजयी हुन सकेनन्। उपाध्यक्ष पदमा निर्वाचित गोकर्णराज विष्ट ईश्वर पोखरेल प्यानलका हुन्।

यस्तै, उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। ओलीका विश्वासपात्र मानिने विष्णु प्रसाद रिमालले १ हजार ९१ मत प्राप्त गरे पनि पराजित भएका छन्। रिमाल यसअघि पनि उपमहासचिव थिए। रिमाल पराजित हुँदा ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

कुल १९ पदाधिकारीमध्ये गुरु प्रसाद बराल र विष्णु प्रसाद रिमालबाहेक सबै पदमा ओली प्यानलले जित निकालेको छ।

प्रतिकृया