एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
प्रकाशित मिति
२०८२ पुष ३ गते, बिहीबार ०२:४८
३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन्। महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार पदाधिकारीतर्फ दुई जनाबाहेक अन्य १७ जना ओली पक्षका उम्मेदवार विजयी भएका छन्। यससँगै पार्टीको शीर्ष नेतृत्वमा ओली पक्षको वर्चस्व कायम भएको छ।
निर्वाचित पदाधिकारीको विवरण यसप्रकार छः
अध्यक्ष (१)
- केपी शर्मा ओली : १,६६३
उपाध्यक्ष (५)
- पृथ्वी सुव्वा गुरुङ : १,७३७
- विष्णु प्रसाद पौडेल : १,६७५
- रामबहादुर थापा ‘बादल’ : १,५१६
- गोकर्णराज विष्ट : १,३६८
- रघुजी पन्त : १,२५८
महासचिव (१)
- शंकर पोखरेल : १,२२८
उपमहासचिव (३)
- लेखराज भट्ट : १,४५२
- योगेश भट्टराई : १,३४८
- रघुवीर महासेठ : १,३६८
सचिव (९)
- महेश बस्नेत : १,५४४
- पद्माकुमारी अर्याल : १,५३०
- छविलाल विश्वकर्मा : १,५०६
- शेरधन राई : १,५०३
- हिक्मत कुमार कार्की : १,३३७
- खगराज अधिकारी : १,२३१
- यमलाल कँडेल : १,१८५
- राजन भट्टराई : १,१८१
- भानुभक्त ढकाल : १,१०८
निर्वाचन आयोगले सबै पदाधिकारीको परिणाम औपचारिक रूपमा सार्वजनिक गरिसकेको जनाएको छ।








प्रतिकृया