• २० असोज २०८३, मंगलबार
  • ४ः०० बिहान

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान तयारी पूरा, प्रतिनिधि लाइनमा

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०९:१६

२ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो।

National Life

बिहान ८ बजेदेखि मतदान हुने सूचना पाएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन्। मतदान विद्युतीय मेसिनमार्फत गरिने तयारी गरिएको छ।

प्राविधिक लक्ष्मण रिमालका अनुसार मतदानका लागि प्रयोग गरिने विद्युतीय मेसिनहरू पूर्ण रूपमा तयार भइसकेका छन्। उनले भने, “अब प्राविधिक समस्या छैन। हाम्रोतर्फबाट सबै काम सकिएको छ। निर्वाचन आयोगको निर्देशन प्राप्त भएलगत्तै मतदान सुरु गर्न सकिन्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका ती मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानलमा नअटाएका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।

मतदानको तयारी भइरहँदा अध्यक्षका उम्मेदवारसहित अन्य नेताहरू मतदानस्थलमा पुगेर प्रतिनिधिसँग भोट मागिरहेका छन्। प्रतिनिधिहरू पनि आफूले समर्थन गरेका उम्मेदवारको पक्षमा प्रचारप्रसार गरिरहेका छन्।

प्रतिकृया