• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०६:५९

१ पुष,२०८२ काठमाडौं— धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। उनलाई काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरी पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

National Life

सीआईबीका एआईजी मनोज केसीका अनुसार २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा तामाङविरुद्ध मुद्दा दायर भएको थियो। उक्त विस्फोटमा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया