• १३ असोज २०८३, मंगलबार
  • ४ः२२ बिहान

प्रदेश सरकारले ४ महिनामा २१ अर्ब ४१ करोड खर्च

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०४:०१

मंसिर २९,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म प्रदेश सरकारहरूले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन्।

National Life

७ प्रदेश सरकारले ४ महिनामा कुल २१ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा प्रदेश सरकारहरूको कुल स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखिएको छ।

राज्यका अनुसार कुल स्रोत परिचालनमा नेपाल सरकारबाट हस्तान्तरण गरिएको अनुदान र विभाज्य कोषबाट प्राप्त राजस्व ४७ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने प्रदेश सरकारले परिचालन गरेको र अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया