• १५ असोज २०८३, बिहीबार
  • ९ः२८ राती

सिड्नीको बोन्डी बिच गोलीकाण्डमा मृतक संख्या १६ पुग्यो

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार १०:५२

मंसिर २९,२०८२ काठमाडौं— अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। न्यू साउथ वेल्स राज्य प्रहरीले सोमबार बिहान घटनामा १६ जनाको ज्यान गएको पुष्टि गरेको हो। मृतकमध्ये एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान भएका छन्।

National Life

प्रहरीका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्। मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको छ, जसमा एक जना आक्रमणकारी पनि समावेश छन्।

घटनामा घाइते भएका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल लान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्ति कानुनी रूपमा लाइसेन्स प्राप्त बन्दुकधारी थिए र उनीसँग ६ वटा बन्दुक रहेको थियो।

यो घटना सन् १९९६ मा तस्मानिया राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएको घटनापछि अष्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ।

प्रतिकृया