• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

सुनको भाउले फेरि तोड्यो रेकर्ड, प्रतितोला २ लाख ६० हजार नाघ्यो

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार १०:५५

मंसिर २९,२०८२ काठमाडौं— सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

Kamana Sewa

यसअघि आइतबार मात्रै सुनको भाउ २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो, जसले असोज ३१ गतेको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड तोडेको थियो।

Classic Tech Desktop

यता, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। यसअघि चाँदीले गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो।

प्रतिकृया