• १८ असोज २०८३, आइतबार
  • ५ः१३ बिहान

एमालेले विधान महाधिवेशन निर्णय उल्टायो, पदाधिकारी र स्थायी कमिटी संख्या पुरानै कायम

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०१:२०

मंसिर २८,२०८२ काठमाडौं— नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनले ल्याएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी पदाधिकारी बनाइए। ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरोसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ।

National Life

गत भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो। यसलाई फेरि संशोधन गर्नुको विरोध एमाले भित्र देखा परेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संख्या बढाउँदा पार्टीको क्षमता बढ्ने ग्यारेन्टी नभएको टिप्पणी गरेका छन्।

प्रतिकृया