• १९ असोज २०८३, सोमबार
  • ८ः३० बिहान

आईजीपी कार्कीः आन्दोलनमा प्रहरी सधैं निशानामा, नागरिक–प्रहरी साझेदारी जरूरी

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०१:१४

मंसिर २८,२०८२ काठमाडौं—  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गुनासो गरेका छन्। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको बताए।

National Life

आईजीपी कार्कीले शान्ति सुव्यवस्था मजबुत बनाउन नागरिक र प्रहरीबीच साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई नागरिकसँग सामिप्यतापूर्ण सम्बन्ध कायम गर्न निर्देशन दिए।

प्रतिकृया