• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

कांग्रेसले बर्दिया–२ मा आरजु राणा देउवाको नाम अगाडि सार्‍यो

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०८:५३

मंसिर २६,२०८२ काठमाडौं— नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया–२ बाट पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। कांग्रेस बर्दिया जिल्लाका सभापति तथा पदाधिकारीहरूको बैठकपछि देउवाको नाम औपचारिक रूपमा सिफारिस गरिएको हो।

National Life

त्यस्तै बर्दिया–१ बाट पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमलाई सिफारिस गरिएको जिल्ला पार्टी समितिले जनाएको छ।

समानुपातिकतर्फ कांग्रेसले निवर्तमान उपसभापति मिश्रीलाल यादवको नाम अगाडि सारेको छ। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भने कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरको नाम सिफारिस गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि डा. आरजु राणा देउवाको नाम कांग्रेसले कैलाली–५ बाट पनि सिफारिस गरेको थियो, तर बर्दियाबाट आएको नयाँ निर्णयसँगै उनको उम्मेदवारी केन्द्रित हुने सम्भावना बढेको छ।

प्रतिकृया