• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

एमालेले विधान संशोधन नगर्ने, पारित विधानकै आधारमा नेतृत्व चयन हुने

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०८:४७

मंसिर २६,२०८२ काठमाडौं— नेकपा एमालेले आगामी महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न पार्टीले पारित गरिसकेको विधानमै आधारित रहने निर्णय गरेको छ। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले गत भदौमा सम्पन्न विधान अधिवेशनले अनुमोदन गरेको विधानलाई यथावत् राख्ने निर्णय गरेको हो।

National Life

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीभित्र विधान संशोधन हुने–नहुने भन्ने विषयमा सञ्चारमाध्यममा आएका अड्कलबाजीलाई बैठकले अन्त्य गरेको छ। उनका शब्दमा, “दोस्रो विधान महाधिवेशनले भदौ २० देखि २२ गते पारित गरेको विधानकै आधारमा एमालेले नयाँ नेतृत्व चयन गर्नेछ।”

बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी संरचनाअनुसार नेतृत्व निर्माणको प्रक्रियालाई अघि बढाउने निर्णय पनि गरेको उपमहासचिव ज्ञवालीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

हालैका राजनीतिक चर्चाबीच उठेका ‘एमालेले विधान संशोधन गर्ने हो कि होइन’ भन्ने प्रश्नमा पार्टीको निर्णयले स्पष्टता दिएको छ।

प्रतिकृया