नवनियुक्त मन्त्री भण्डारीको प्रतिबद्धता: द्वन्द्व व्यवस्थापनमा सक्रिय हुन्छु
प्रकाशित मिति
२०८२ मंसिर २६ गते, शुक्रबार ०८:४२
मंसिर २६,२०८२ काठमाडौं— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र अनुभवको आधारमा मुलुकमा उत्पन्न भएका विभिन्न प्रकारका द्वन्द्व व्यवस्थापनमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरे। पदभार ग्रहणपछि प्रतिक्रियादिँदै उनले सरकारको कार्यावधि छोटो रहे पनि “एक दिनलाई एक घण्टाको द्रुतगतिमा” काम गर्ने लक्ष्य रहेको बताए।
सिआइबी (केन्द्रीय अनुसन्धान ब्युरो) का संस्थापक सदस्यका रूपमा लामो समय काम गरेको अनुभव रहेको जनाउँदै मन्त्री भण्डारीले संगठित अपराधको जालो तोड्न प्रभावकारी कार्ययोजना अघि बढाउने स्पष्ट संकेत दिए।
उनले प्रहरी र जेनजी पुस्ताबीच समय–समयमा देखिने नकरात्मक खाडल हटाउन आफूले भूमिका खेल्ने पनि बताए।
“अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ,” उनले भने। उनका अनुसार जेनजी आन्दोलनका युवाहरू र नेपाल प्रहरी दुवैले क्षति व्यहोर्नु परेको हुँदा दुबै पक्षका पीडा र आवाजलाई मन्त्रिपरिषद्मा प्रतिनिधित्व गराउने विश्वास व्यक्त गरे।
प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि भण्डारी मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका हुन्।








प्रतिकृया