• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

प्रभु बैंकका रेमिट्यान्स प्रमुख सुगेन शाक्य पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०६:०२

मंसिर २४, २०८२ काठमाडौं— प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बुधबार ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ।

सीआईबीका अनुसार शाक्यले प्रभु बैंकलाई करिब एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याएको खुलेको छ। उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतका थप मुद्दामा समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Kamana Sewa

अनुसन्धानमा पाइएको तथ्य अनुसार शाक्यले नियमविपरीत प्रभु म्यानेजमेन्ट नामक संस्थालाई सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबारका लागि अग्रिम रकम उपलब्ध गराएका थिए। संस्थासँगको कारोबार रोकिएको अवस्थामा समेत उनले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत ती रकम आफ्नो स्वार्थ समूहका लागि प्रयोग गर्दै लगभग ९ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएका थिए।

Classic Tech Desktop

साथै, उक्त अपराध लुकाउन कर्जा प्रवाह र दुरुपयोग गर्ने कार्यमा प्रभु बैंकका सीईओ अशोक शेरचन पनि अनुसन्धानको दायरामा रहेको सीआईबीले जनाएको छ।

प्रतिकृया