• ४ साउन २०८३, सोमबार
  • ३:५२ बिहान

भारतको गोवास्थित नाइट क्लबमा आगलागी २५ जनाको मृत्यु, चार नेपालीसमेत परे

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १२:२१

मंसिर २२, २०८२ काठमाडौं— भारतको गोवास्थित एक नाइट क्लबमा आइतबार बिहान लागेको भीषण आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये पाँच जना पर्यटक र २० जना क्लबका स्टाफ थिए।

पर्यटकमध्ये चार जना दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमार रहेका छन् भने कर्नाटकका इशाकको पनि मृत्यु भएको छ।

Kamana Sewa

क्लबका २० स्टाफमध्ये पाँच जना उत्तराखण्डका थिए। त्यस्तै चार नेपाली—चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीप—आगलागीमा परी मारिएका छन्। मृतक नेपालीहरूको स्थायी ठेगाना हाल सार्वजनिक गरिएको छैन।

Classic Tech Desktop

अन्य मृतकमध्ये महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना रहेका छन्। सबै मृतक क्लबमा काम गर्दै आएका कर्मचारी थिए।

प्रतिकृया