• ४ साउन २०८३, सोमबार
  • २:०२ बिहान

१० दिनमै फेरि बढ्यो अन्डाको मूल्य, भोलिदेखि नयाँ दर लागू

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १२:१२

मंसिर २२, २०८२ काठमाडौं— १० दिनअघिमात्र मूल्य बढेको अन्डाको भाउ फेरि वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघले मंसिर २६ गते (भोलि) मंगलबारदेखि लागू हुने गरी प्रतिक्रेट २० रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५८० रुपैयाँ पुगेको छ। त्यस्तै ठूलो अन्डाको भाउ ५६५ रुपैयाँ र मध्यम अन्डाको भाउ ५५० रुपैयाँ तोकिएको छ।

Kamana Sewa

यसअघि मंसिर १३ गते संघले सबैभन्दा ठूलो अन्डा ५६०, ठूलो ५४५ र मध्यम ५३० रुपैयाँमा निर्धारण गरेको थियो। उत्पादन घटेर माग बढेसँगै मूल्य समायोजन गर्नुपरेको संघका सचिव मदन पोखरेलले बताए।

Classic Tech Desktop

अन्डाको उत्पादनमा गिरावट र उच्च मागका कारण बजारमा फेरि मूल्यवृद्धि भएको संघको भनाइ छ।

प्रतिकृया