• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

मधेश प्रदेशमा मुख्यमन्त्री यादवद्वारा तीन मन्त्री नियुक्त

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार १२:४५

मंसिर २१, २०८२ जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज तीनजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेललाई प्रदेश सरकारमा सामेल गरेका हुन्।

National Life

नवनियुक्त मन्त्रीमध्ये जनमतका महेश प्रसाद यादवले अर्थिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका राय र एकीकृत समाजवादीका पटेलको मन्त्रालय भने तोकिएको छैन।

तीनै जनालाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया