अर्काको कोल्याटरल बेचेर फाइदा उठाउनु भ्रष्टाचार हो:गभर्नर पौडेल
प्रकाशित मिति
२०८२ मंसिर २१ गते, आईतवार ०१:२१
मंसिर २१, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले कोल्याटरल दुरुपयोग गर्दै फाइदा लिन खोज्ने गतिविधि ‘भ्रष्टाचारको हिस्सा’ (part of corruption) भएको स्पष्ट चेतावनी दिएका छन्। उनले यस्तो कार्यलाई राष्ट्र बैंकले कुनै हालतमा सहन नहुने बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ साधारण सभामा बोल्दै गभर्नर पौडेलले सरकारी बैंकमार्फत ‘मिलाइदिन्छु’ भन्दै पैसा माग्ने प्रवृत्तिबारे पनि सचेत गर्दै निजी क्षेत्रका बैंकमा त्यस्तो देखिए कडा कारबाही हुने बताए।
गभर्नर पौडेलले मौद्रिक नीतिमा भएका परिमार्जनले बैंकहरूलाई नाफा वृद्धि र व्यवस्थापनमा सहजता मिलेको उल्लेख गर्दै धेरै महानगर शाखा बन्द गर्न बाटो खोलिएको जानकारी दिए। उनले डिजिटल कारोबार विस्तार, लगानी वृद्धि र आर्थिक गति चलायमान बनाउन राष्ट्र बैंक केन्द्रित रहेको बताए।
उनका अनुसार हाल अर्थतन्त्रमा मनोबल कमजोर भएकाले निर्यातमा राम्रो सम्भावना भएका वस्तु—जस्तै अलैँची—लाई प्राथमिकता दिएर मनोबल उठाउन आवश्यक छ। नेपालीहरूलाई ‘देशमा केही हुँदैन’ भन्दै विदेश पठाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले युवालाई फर्काउनुपर्ने बताए तर मन्त्री र राजनीतिक दौडमै नलाग्न चेतावनी पनि दिए।
कन्ट्र्याक्टर तथा उद्योग व्यवसायहरूलाई कालोसूचीमा राख्ने व्यवस्थाबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको पनि गभर्नरको भनाइ छ।








प्रतिकृया