राप्रपाको २३ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान, ज्ञानेन्द्र शाहीद्वारा आन्दोलनको एजेन्डा सार्वजनिक
प्रकाशित मिति
२०८२ मंसिर १९ गते, शुक्रबार ०१:५७
मंसिर १९, २०८२ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २३ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनमा सहभागी हुन सर्वसाधारणसँग आग्रह गरेको छ। पार्टीले आज आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनका कमाण्डर ज्ञानेन्द्र शाहीले देश जोगाउने अभियानमा पार्टी–समुदायको सीमाभन्दा माथि उठेर सहभागी हुन आग्रह गरे।
शाहीले संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश खारेजी, नेपाललाई पुनः हिन्दू राज्य घोषणा, संवैधानिक राजसंस्थाको पुनःस्थापना, संवैधानिक आयोगहरूमा हुने राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर–दलीय बनाउने, भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई आजीवन कारावास, तथा जेन–जी आन्दोलनका घटनामा संलग्न ‘हत्यारालाई’ कारबाही गर्नुपर्ने माग अघि सारे।
उनले राजा, जेन–जी (नवयुवा आन्दोलन) तथा राजनीतिक दलहरूबीच त्रिपक्षीय समझदारी आवश्यक रहेको बताउँदै आफूहरूले उठाएका एजेन्डामा सहमत हुने सबै शक्ति, समूह तथा नागरिकलाई २३ गतेको प्रदर्शनमा एक ठाउँमा उभिन आह्वान पनि गरे।








प्रतिकृया