• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

नेप्से १३.५२ अंकले घट्यो, कारोबार ५ अर्ब २३ करोड रुपैयाँ

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०३:१५

मंसिर १७, २०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा झरेको छ। आजको कारोबारमा ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

National Life

आज अधिकांश उपसूचकमा गिरावट देखियो। वाणिज्य बैंक समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, हाइड्रोपावर समूहको ०.५० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५१ प्रतिशत, जीवन बीमा समूहको १.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया