• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर २०२५ अभियान सुरू

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार १२:२३

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवद्र्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण डिजिटलडिसेम्बर २०२५ सुरु भएको छ ।

यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता–केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम –केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

Kamana Sewa

नेपालको व्यापार प्रणालीमा लक्षितडिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता,आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ । यो अभियान उद्यमीहरुलाई डिजिटल बैंकिंगका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च–मूल्यको नगद तथा चेक कारोबारलाईडिजिटल च्यानलमा रूपान्तरणा गर्ने र एपीआई तथा होस्ट–टू–होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्नमिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ ।
यस अन्तर्गत बैंकले निम्नबमोजिमका व्यवसायमैत्री डिजिटल सेवाहरुको प्रवद्र्धन गर्दैछ: इ–कमर्श व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड – भर्चुअल क्रेडिट कार्ड (कार्डमा) र भिसा क्रेडिट कार्डसुविधाव्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे (कर्पोरेट भुक्तानी) तथा राष्ट्रिय भुक्तानी इन्टरफेसएकीकरण सेवा रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (त्तच् कोड भ्वाइस बक्स)यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरुले डिसेम्बर महिनाभरी आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थपलाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा प्राप्त गर्नेछन्।

Classic Tech Desktop

नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउँदैबैंकका डिजिटल च्यानल र रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार डिजिटल डिसेम्बर २०२५ ले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा अग्रणी भूमिकामा रहने बैंकको प्रतिबद्धतालाई थप बल प्रदान गर्दछ।

डिजिटल पूर्वाधारलाइकुशलतापूर्वक सञ्चालन गर्न व्यवसायहरूलाई सशक्त बनाउँदै थप पारदर्शी, सुरक्षित र उत्पादनमूलक अर्थतन्त्रमा योगदानपुर्‍याइरहेको उनको विश्वास छ ।यस पहलले डिजिटल बैंकिङमा लक्ष्मी सनराइज बैंकको नेतृत्वलाई सुदृढ बनाउँदै नेपाललाई डिजिटल मैत्री तथा डिजिटल–सक्षम व्यावसायिक वातावरण निर्माणको वृहत अभियान लाई समर्थन गर्दछ ।

प्रतिकृया