• २० असोज २०८३, मंगलबार
  • ६ः५९ बिहान

अपाङ्गता भएका व्यक्तिको अधिकार र मर्यादित जीवनका लागि पार्टी प्रतिबद्ध: एमाले अध्यक्ष ओली

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार १०:११

मंसिर १७, २०८२ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समावेशी समाज निर्माणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

National Life

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार जारी गरिएको शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले एमालेले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा राजनीतिक तथा सामाजिक आन्दोलनमार्फत संरचनात्मक परिवर्तन ल्याउन प्रयासरत रहेको उल्लेख गरेका छन्।

ओलीका अनुसार राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा नागरिक अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्ति र समूहलाई संगठित गर्दै नेतृत्व विकासमा समेत पार्टी सक्रिय छ। उनीहरूले उठाउँदै आएका मुद्दाहरूलाई पार्टीले आफ्नो नीति तथा कार्यदिशामा समेट्दै आएको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

सन्देशमा ओलीले भनेका छन्, “अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापनका लागि व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँचयुक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ।”

अध्यक्ष ओलीले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्दै समावेशी समाज निर्माणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएका छन्।

प्रतिकृया