• २० असोज २०८३, मंगलबार
  • ६ः५९ बिहान

कांग्रेसले क्षतिग्रस्त केन्द्रिय कार्यालय पुनर्निर्माणका लागि आर्थिक संकलन अभियान सुरु

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार १०:१९

मंसिर १७, २०८२ काठमाडौं – जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीले आर्थिक सहयोग संकलन अभियान सुरू गरेको छ।

National Life

कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयुक्त हस्ताक्षरमा जारी परिपत्रमार्फत ६ वटा पार्टी संरचना, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिबाट आर्थिक सहयोग माग गरिएको छ।

परिपत्रमा प्रदेश, जिल्ला, क्षेत्रीय कार्यसमिति तथा जनप्रतिनिधिहरूका लागि निश्चित कोटा तोकिएको छ। प्रदेश कार्यसमितिबाट पाँच लाख, जिल्ला कार्यसमितिबाट ३०–७५ हजार, क्षेत्रीय कार्यसमितिबाट २०–३० हजार र वडा कार्यसमितिबाट दुई हजार रुपैयाँसम्म सहयोग माग गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन प्रतिनिधिबाट तीन हजार, क्रियाशील सदस्यबाट १५० रुपैयाँ र स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट एक महिनाको पारिश्रमिक सहयोगस्वरूप मागिएको छ।

कांग्रेसले संकलित रकमको पारदर्शी अभिलेख राखिने र विवरण सार्वजनिक गरिने जनाएको छ। २३–२४ भदौको जेनजी आन्दोलनमा केन्द्रीय कार्यालयसहित ४८ जिल्लामा रहेका कांग्रेसका भवनहरू क्षतिग्रस्त भएका थिए।

प्रतिकृया