• २० असोज २०८३, मंगलबार
  • ६ः१८ बिहान

मधेस प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०९:५५

मंसिर १७, २०८२ काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार दिउँसो २ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले उक्त आदेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त भएको भन्दै त्यसैअनुसार सचिवालयमा पत्र पठाई मतदान प्रक्रिया तय गरिएको हो।

National Life

यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका हुन्। अन्य दलले बहुमतको दाबी पेश गरिरहेका बेला तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो निर्णय विवादित बनेपछि संघीय सरकारको सिफारिसमा भण्डारीलाई राष्ट्रपतिले पदमुक्त गरिसकेका छन्।

यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

मधेस प्रदेशसभामा १०७ सदस्य छन्, जहाँ सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद रहे पनि एक जना निलम्बित छन्। यादवविरुद्ध ७४ सदस्यले रिट दायर गरिसकेकाले उनले सदनबाट विश्वासको मत नपाउने सम्भावना उच्च रहेको बताइँदैछ।

प्रतिकृया