• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

प्रतिनिधिसभा चुनावका लागि १२० दलले दर्ता निवेदन

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०७:५०

मंसिर १४, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता निवेदन दर्ता गराएका छन्। संयुक्त चुनाव चिह्न प्रयोग गर्न इच्छुक दलहरू समेत यही संख्याभित्र समावेश छन्।

National Life

निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार आयोगले दर्ता निवेदनहरूको अध्ययन गरिरहेको छ। अध्ययनका क्रममा आवश्यक परे दलको संख्या केही हेरफेर हुन सक्ने उनले बताए।

आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार मंसिर १ देखि १० गतेसम्म दर्ता खुला गरिएको थियो। तर दलहरूको मागअनुसार आयोगले ४ दिन अतिरिक्त समय दिँदै म्याद मंसिर १४ गतेसम्म पुर्‍याएको थियो। यो अवधिभित्र जम्मा १२० दलले दर्ता निवेदन बुझाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ८४ दल मात्रै सहभागी भएका थिए भने यसपालि संख्या उल्लेख्य रूपमा बढेको छ।

प्रतिकृया