• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

प्रभु बैंकका सीईओ अशोक शेरचन कर्जा अपचलन अनुसन्धानका क्रममै पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०७:१५

मंसिर १४, २०८२ काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन कर्जा अपचलनसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार शेरचनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीले बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन माथि चलिरहेको कर्जा अनियमितता प्रकरणको विस्तारित अनुसन्धानकै क्रममा शेरचनलाई पक्राउ गरिएको जनाएको छ। कात्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा फाइल, आन्तरिक पत्राचार तथा स्वीकृतिसम्बन्धी महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। प्रारम्भिक छानबिनमै उच्च व्यवस्थापन तहबाट नै अनियमितता भएको शंका बढेपछि अनुसन्धान थप विस्तार गरिएको हो।

Kamana Sewa

यसअघि प्रभु म्यानेजमेन्ट प्रालिकी अध्यक्ष कुसुम लामाले दिएको उजुरीका आधारमा कात्तिक ११ गते प्रहरीबाट भट्टचन पक्राउ परेका थिए। उजुरीमा प्रभु म्यानेजमेन्ट र बैंकबीचको लेनदेनका नाममा करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाहमा अनियमितता भएको आरोप लगाइएको थियो। सो प्रकरणमा ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दा पनि दर्ता गरिएको छ।

Classic Tech Desktop

शेरचनलाई भट्टचनमाथिको अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक देखिएकाले नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

प्रतिकृया