• २९ भदौ २०८३, सोमबार
  • २ः५७ दिउँसो

माइतीघरमा जेनजी युवाहरूको सरकारविरुद्ध प्रदर्शन

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०१:१२

मंसिर ११, २०८२ काठमाडौं – माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन्। जेनजी आन्दोलनपछि गठन भएको सरकारले समेत आफ्ना मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाउँदै उनीहरू सडकमा उत्रिएका हुन्।

National Life

ब्यानर र पम्प्लेटसहित प्रदर्शनमा सहभागी युवाहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै विभिन्न नाराहरू प्रदर्शनस्थलमा उठाएका थिए। उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’, ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ जस्ता नारा लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्।

यसअघिका विभिन्न चरणका आन्दोलनहरूमा उठाइएका मागहरू पूरा नहुँदा युवाहरू फेरि सडकमा उत्रिन बाध्य भएका जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया